इजरायल आक्रमणमा १० नेपालीको निधन भएकोमा आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

नेपालखोज २०८० असोज २३ गते ५:४३

काठमाडौं । सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाउनेछ ।  देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् । 

प्रतिक्रिया