यू-१९ क्रिकेट टिम आज मलेसिया जाँदै

नेपालखोज २०८० असोज २३ गते ६:४९

काठमाडाैं । मलेसियामा संचालन हुने यु १८ प्रिमियर कपका लागि नेपाली युवा टिम आज मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । प्रिमियर कप असोज २५ गते बिहिबार देखि कार्तिक ७ गते मंगलबार ९१२ अक्टोबर देखि २४ ० सम्म मलेसियामा संचालन हुँदैछ ।

यो प्रतियोगितामा नेपाल सँगै समूह ए मा बहराइन, साउदी अरेबिया तथा इरान छन् । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् । समूह डी मा हङकङ, मलेसिया, इन्डोनएसिया तथा जापान छन् ।

हरेक समूहका शीर्ष टिम सेमिफाइनलका लागि छनौट हुनेछन् भने शीर्ष तीन देसले आगमी डिसेम्बरमा सम्पन्न हुने यू१९ एसिया कपमा प्रतिस्पर्धा गर्न पाउनेछन् । नेपालको टिम आज मंगलबार विहान १०ः३० बजे मलेसियातर्फ प्रस्थान गर्नेछ भने य‍ो टिमलाई उपाधिको दाबेदार समेत मानिएको छ ।

प्रतिक्रिया