इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने
नेपालखोज
२०८० असोज २३ गते ७:४६

काठमाडौं । इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परि मृत्यु भएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई राहत स्वरूप दुई लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।
शाहले तत्काल शव नेपाल ल्याउन र घाइतेको उपचार तथा उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघीय सरकारलाई आग्रह गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया