ताजमहलको कुरा

ताजमहलमा जो कोही पनि एक पटक पुग्न चाहन्छ । भारत पुग्ने हरेक विशिष्ट विदेशी पाहुनाहरू पनि राजमहल पुगेकै हुन्छ । ताजमहललाई विशेष रूपले प्रेमको निशानीका रूपमा लिने गरिन्छ । अत्यधिक प्रेमको नमुनाका रूपमा ताजमहललाई लिने गरिन्छ ।
ताजमहल अहिले बिवादका रुपमा लिने गरेको छ । ताजमहल रहेको ठाउँमा वास्तवमा राजपूतहरुको दरवार रहेको दावा गरेको पाउँछौ । जयपुर राजघरानासंग सो जमिन आफ्नो रहेको कागजपत्र रहेको दावी गरिरहेको छ । अहिले हामीले देख्ने ताजमहलमा चार दिशामा चारवटा शिव लिङ्ग रहेको तथा गुम्बज भित्र पनि हिन्दू आकृति रहेको दावी पनि गरिरहेको पाउँछौ ।
इतिहासमा लेखिए अनुसार ताजमहलको निर्माण मुगल सम्राट शाहजहाँले आफ्नो प्रिय रानी मुमताज महलको केवल ३८ वर्षको उमेरमा निधन भए पछि उनको सम्झनामा मुमताज महल बनाएका थिए । मुमताजको निधनका पछाडि अत्यधिक प्रसव पिडा थियो । केवल २६ वर्षको बैबाहिक जीवनमा उनले १४ बच्चाको जन्म दिएकी थिइन् । अन्तिम छोरीको जन्मको समय उनको निधन भएको थियो ।
ताजमहलको निर्माण सन १६३१ मा शुरु भएको थियो । ताजमहलमा खासगरि मुमताजको समाधि (मकबरा) बनाउन नै निर्माण गरिएको पनि दावा गरिन्छ । ताजमहलको निर्माण पश्चात सन १६४८ मा मुमतालको समाधि बनाइयो । जुन ताजमहलको सबैभन्दा तल्लो तलामा रहेको छ । ताजमहलको सम्पूर्ण रुपमा तैयार हुन भने अर्को पाँच वर्ष लाग्यो ।
हुन त मुमताजको निधन अत्यधिक रक्तश्रावका कारण भएको थियो । मध्यप्रदेशको बुरहानपुरमा निधन भएको थियो । निधन पछि तापी नदी किनारमा दफन गरिएको थियो । तर पछि करिव ६ महिना पछि दफन गरिएको लाश निकालेर आग्रामा यमुना किनारमा लगेर सानो मकबरा बनाएर गाडियो । १७ वर्ष पछि बचेको हड्डीहरुलाई फेरी ताजमहल भित्र समाधिमा मकबरा बनाएर पून राखियो ।
सन १६५७ मा शाहजहाँ विमार भए पछि जेठो छोरालाई राजगद्धी सुम्पिए । तर चार छोराहरुमा राजगद्धीको लागि लडाइ भयो । अन्तमा सानो छोरा औरंगजेबले राजगद्धको हक पाए । बाबु शाहजहाँलाई आग्रा महलको एक कोठामा कैदमा राखे । जुन कोठाबाट ताजमहल देखिने गर्दथ्यो । ८ वर्ष एउटै कोठामा कैद हालतमा दुख कष्टसंग बिताए पछि उनको निधन भयो । मृत्यु पछि उनको चाहना अनुरुप उनलाई पनि मुमताजको मकबराको संगै नै अर्को मकबरा बनाएर गाडियो ।
ताजमहलको उचाइ २४३ फिट छ भने वास्तविक समाधिमा अचेल कसैलाई जान दिइदैन । नक्कली समाधि बनाइएको छ, जहाँ जो कोहीलाई जान दिइन्छ । म पहिलो पटक सन १९८३ मा जाने बेलामा सबैभन्दा तल्लो भुइतलामा रहेको समाधि हेर्न पाएको थिए । तर त्यस पछि जति पटक ताजमहल पुगे पनि वास्तविक समाधिमा जान दिइएन । म शायद एकै ठाउँमा सबैभन्दा बढि पटक पुगेको भनेकी ताजमहल होला ।
अहिले सम्म म २० पटक भन्दा बढि ताजमहल पुगेको छु । सन १९९२ मा ताजमहल जाने समय नेपालको राजपरिवारका सदस्यहरु पनि पुगेका थिए । राजा विरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन पनि पुगेका थिए । त्यसैदिन बाबरी मस्जिद घटना घटेको थियो । जसले गर्दा अचानक कर्फ्यू हुँदा राजपरिवारलाई भारतीय सेनाको हेलिकोप्टरले दिल्ली लगिएको थियो भने हामी रातको १२ बजे तिर प्रहरीको सहयोगमा दिल्ली पुगेका थियौ । भोलिपल्ट नै जहाजमा काठमाडौं फर्केको थिएँ ।
खैर ताजमहलको चर्चा र सम्झनाहरु धेरै गाँसिएको छ । यस्तै भारतीय शायरहरुले पनि ताजको चर्चा बिभिन्न किसिमले गर्ने गरेका छन् । शायर
शकील बदायूनीले शहंशाहको प्रशंसा गर्दै ताजमहल बनाइदिएर प्रेमको निशानी बनाइदिएकोमा खुशि ब्यक्त गरेका छन् ।
इक शहंशाह ने बनवा के हसीं ताज महल
सारी दुनिया को मोहब्बत की निशानी दी है
तर अर्का शायर साहिर लुधियानवीले एक शक्तिशाली र सम्पन्न राजाले आफ्नो प्रेमको खातिर ताजमहल बनाएर हामी गरिवहरुलाई खिस्याएको वर्णन गरेका छन् ।
इक शहंशाह ने दौलत का सहारा ले कर
हम ग़रीबों की मोहब्बत का उड़ाया है मज़ाक़
पुरानो तस्विरमा ताजमहलको प्रांगणमा नेपालको राजनीतिक अस्तित्वमा दुइ बिपरित भूमिका रहेका राजा महेन्द्र र रानी रत्न तथा बिपी कोइराला र भाउजू शुशिला र छोरा (शायद ??) शशांकलाई देख्न सकिन्छ ।

प्रतिक्रिया