शनिबार, जेठ ५, २०८१

१९ अंकले घट्दा एक अर्ब २८ करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज २३ गते १५:२७

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मङ्गलवार पनि नेप्से घटेको छ । अघिल्लो दिन १२ अंकले घटेको नेप्से आज पुन १९ दशमलव छ अंकले घटेर १८ सय ८९ दशमलव ५९ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४५ अंकले घटेर तीन सय ६१ दशमलव ३१ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ८२ वटा कम्पनीहरुको ४४ हजार ६९ पटकको कारोबारमा ४२ लाख ८७ हजार चार सय २४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक नौं दशमलव ६० अंकले घटेर ११ सय १९ दशमलव २९ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३७ दशमलव ३९ अंकले घटेर तीन हजार छ सय ३५ दशमलव १४ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २३ दशमलव ४१ अंकले घटेर १६ सय ५६ दशमलव ४६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३६ दशमलव ८० अंकले घटेर दुई हजार १५ दशमलव ५५ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुुचक पनि एक सय आठ दशमलव एक अंकले घटेर १० हजार १० दशमलव ६९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ६९ दशमलव ५८ अंकले घटेर नौं हजार आठ सय ५८ दशमलव ६२ अंकमा झरेको छ ।

यि बाहेक होटल था पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ६९ दशमलव ६९, शुन्य दशमलव ४०, छ दशमलव ४८, २५ दशमलव शुन्य नौं, शुन्य दशमलव १५, १० दशमलव २५ र २५ दशमलव १२ अंकले घटेका छन् ।

नेप्सेमा आज अपर लोहोरे खोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ८६ प्रतिशतले बढेर दुई सय ८९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा बाराही हाईड्रो पावर लिमिटेडको प्र्रतिकित्ता सेयर मुल्य सात दशमलव ६४ प्रतिशतले घटेर चार सय ५८ रुपैंयाँ अन्तिम मुल्यमा प्र्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको भने प्रतिकित्ता चार सय ९९ रुपैंयाँ अन्तिम मुल्यमा २० करोड ३७ लाख ९४ हजार नौं सय ९१ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबै भन्दा बढी हो ।

प्रतिक्रिया