श्रीलंकाले पाकिस्तानलाई दियो तीन सय ४५ रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको मंगलबारको खेलमा श्रीलंकाले पाकिस्तानलाई तीन सय ४५ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रन बनायो ।
श्रीलंकाका लागि दुई खेलाडीले शतक र एकले अर्धशतक पूरा गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशल मेन्डिसले ७७ बलमा विस्फोटक १ सय २२ रनको महत्वपूर्ण इनिङ खेले । उन १४ चौका र ६ छक्का प्रहार गरे । सदिरा समराविक्रमाले ७९ बलमा १ सय ८ रनको योगदान गरे । उनको इनिङमा ११ चौका र २ छक्का समावेश थियो ।
कुशल र सदिराले तेस्रो विकेटका लागि १ सय ११ रनको साझेदारी गरेका थिए । श्रीलंकाका ओपनर कुशल परेरा डक आउट हुँदा अर्का ओपनर पठुम निसान्काले ७ चौका र १ छक्का सहित ६१ बलमा ५१ रन प्रहार गरे । धनञ्जय डी सिल्भाले ३४ बलमा ४ चौका सहित २५ रन बनाए ।
कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन जोडे । चरिथ असलंकाले एक रन मात्र जोडदा महिश थिकसना शुन्यमा आउट भएका थिए । महिश पाथिराना एक रनमा नटआउट गरे ।
पाकिस्तानका हसन अलीले १० ओभरमा ७१ रन खर्चिदै ४ विकेट लिए । हरिस रौफले १० ओभरमा ६४ रन खर्चिएर २ विकेट लिए । शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले समान एक विकट हात पारे ।

प्रतिक्रिया