इंग्ल्यान्डकाे दोस्रो खेलमा पहिलो जित

नेपालखोज २०८० असोज २३ गते १९:५६

काठमाडाैं । विश्वकप क्रिकेटमा इंग्ल्यान्डले पहिलो खेल जितेको छ । भारतमा जारी विश्वकपमा मंगलबार बंगलादेशलाई १ सय ३७ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले दोस्रो खेलमा पहिलो जित दर्ता गरेको हो । 

३ सय ६५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय २७ सीतिम भएको थियो ।

इंग्ल्याण्डका लागि रिस टोप्लीले १० ओभरमा ४३ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । क्रिस वोक्सले २ तथा स्याम करन, मार्क वुड, आदिल रशिद र लियाम लिभिङस्टोनले समान १ विकेट लिए ।

पहिलो इनिङमा ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाई ३ सय ६४ रन बनाएको हो ।

प्रतिक्रिया