इजरायल–गाजा द्वन्द्वले मध्यपूर्वमा अमेरिकाको ‘असफलता’ देखाउँछ : पुटिन

नेपालखोज २०८० असोज २३ गते २०:४२

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल–गाजा द्वन्द्वले वासिङ्टनको मध्यपूर्व नीतिको ‘असफलता’ देखाएको भन्दै ‘स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राष्ट्र’ को निर्माण ‘आवश्यकता’ भएको बताए ।

हमासले इजरायलमाथि अकस्मात व्यापक आक्रमण गरेको केही दिनपछि मस्कोमा इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँगको भेटमा रूसी नेताले उक्त टिप्पणी गरे ।

एक दिनअघि रूसी विदेशमन्त्री सर्गेई लाभरोभले प्यालेस्टिनी राज्यको निर्माण इजरायलमा शान्तिका लागि ‘सबैभन्दा भरपर्दो’ समाधान भएको बताएका थिए ।

इजरायलमाथि हमासले आक्रमण गर्नुअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको मस्को भ्रमणको तयारी भइरहेको क्रेमलिनले जनाएको छ ।

मस्कोले अमेरिकाले आफ्नो सहयोगी इजरायलसँग युद्धपोत सारेपछि कुनै विदेशी खेलाडी द्वन्द्वमा प्रवेश गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया