एमाले जुम्लाका उपाध्यक्ष बिरुद्ध बालयौन दुर्व्यवहारको आरोप
नेपालखोज
२०८० असोज २४ गते ११:१४

नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बालयौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता भएको छ ।
१७ वर्षीया किशोरीलाई यौन प्रस्ताव गरेको आरोपमा शाहीविरुद्व जाहेरी दर्ता गरिएको हो । उनिमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता भएको छ ।
नेता शाहीले तातोपानीकी एक किशोरीलाई यौनका लागि प्रस्ताव गरेको, फकाएको र प्रलोभनमा पार्ने गरी फोन गरेको अडियो सार्वजनिक भएको थियो । पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले जानकारी दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया