नवजात शिशु बिक्री गरेको आरोप लागेका एकजना चिकित्सकसहित तीनजना जेल चलान

नेपालखोज २०८० असोज २४ गते २०:३५

विराटनगर । नवजात शिशु बिक्री गरेको आरोप लागेका एकजना चिकित्सकसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालबाट शिशु बिक्री गरिएको थियो । 

बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गर्ने मोरङको कटहरी गाउँपालिका–२ का ३० वर्षीय सूर्यनारायण राजवंशीलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रतिक्रिया