शनिबार, जेठ ४, २०८२

नेपालले खेल्ने त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको तालिका सार्वजनिक

नेपालखोज २०८० असोज २४ गते २०:४९

काठमाडाैं । नेपालले खेल्ने त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको तालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आज सार्वजनिक गरेको तालिका अनुसार नेपालले युएई र हङकङसँग टी-ट्वान्टी क्रिकेट खेल्ने भएको हो ।

सार्वजनिक गरिएको तालिका अनुसार अक्टोबर १८ (कार्तिक १) मा नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।नेपाल र यूएईबीचमो खेलम मूलपानी क्रिकेट मैदानमा हुने छ । यस्तै, अक्टोबर १९ (कार्तिक २ गते) हङकङसँग खेल्ने छ ।

प्रतियोगिताका शीर्ष २ टोलीले फाइनलमा स्थान बनाउने छन् । फाइनल खेल अक्टोबर २७ (कार्तिक १०) गते हुने छ । नेपाली क्रिकेट टिम अहिले आईसीसी विश्वकप टी २० एसिया क्वालीफायर खेल्ने तयारीमा रहेको छ । क्वालीफायरका खेलहरु काठमाडौंमा हुने छन् । 

प्रतिक्रिया