यू-१९ प्रिमियर कप : खेल तालिका, लाइभ र समय

काठमाडाैं । एसीसी यू-१९ प्रिमियर कप आज बिहीबारदेखि मलेसियामा सुरु हुँदै छ । यसअघि एसीसी इस्टर्न र वेस्टर्न रिजनका आधारमा हुने यो प्रतियोगिता यहि वर्षदेखि प्रिमियर कप शैलीमा हुँदै छ ।
प्रिमियर कपमा एसियाका १६ एसोसिएट देशले प्रतिस्पर्धा गर्दैछन् जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन देशले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू-१९ एसिया कपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका एसिया कपमा सोझै छनोट भएका छन् । एसिया कप यू१९ विश्वकप अघिको तयारी हो । विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुँदै छ । नेपाल उक्त विश्वकपका लागि छनोट भइसकेको छ । विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन् ।
यू १९ प्रिमियर कपको समूह विभाजन :
समूह ए – नेपाल, बहराइन, साउदी अरेविया तथा इरान ।
समूह बी – युएई, ओमान, कतार तथा चीन ।
समूह सी – सिंगापुर, कुवेत, थाईल्यान्ड तथा माल्दिभ्स ।
समूह डी – हङकङ, मलेसिया जापान तथा इन्डोनेसिया ।
मैदान – मलेसिया तीन मैदानमा खेल हुनेछन् । जुन बायोमास ओभल, वाईएसडी उकेएम ओभल र जेसीसी एकेडेमी ओभल हुन् । खेल ५० ओभरको हुनेछ ।
शीर्ष तीन देस एसिया कपमा :
हरेक समूहका शीर्ष देस सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई देस र तेस्रो स्थानमा रहने देस गरि तीन देस एसिया कपका लागि छनोट हुनेछन् । तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित हुने देसबीच प्रतिस्पर्धा हुनेछ ।
लाइभ – यो प्रतियोगिताको लाइभ अहिले बिहान एसिसीको युटुब च्यानल वा मलेसिया क्रिकेट बोर्डको सामाजिक सञ्जाल मध्ये एकबाट हेर्न मिल्नेछ । नेपालले खेल्ने सबै खेल बिहान ७ स् १५ मा सुरु हुनेछन् ।
नेपालको खेल तालिका –
असोज २५ गते (अक्टोबर १२)
नेपालविरुद्ध इरान
स्थान : वाईएसडी ओभल
असोज २८ गते (अक्टोबर १५)
नेपाल विरुद्ध बहराइन
स्थान स् बायोमास ओभल
कार्तिक २ गते (अक्टोबर १९)
नेपालविरुद्ध साउदी अरेविया,
स्थान : वाईएसडी ओभल
सेमिफाइनल : कार्तिक ५ गते ९अक्टोबर २२० ९ पहिलो सेमिफाइनल समूह ए र डी को विजेता । दोस्रो सेमिफाइनल समूह बी र सी को विजेता ।
फाइनल – कार्तिक ७ गते ९अक्टोबर २४० सेमिफाइनल विजेता । तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित हुने दुई देस ।
उपाधिका प्रमुख दाबेदार – नेपाल र युएई
सेमिफाइनलका प्रमुख दाबेदार – नेपाल, युएई, हङकङ तथा कुवेत
नेपालको टिम
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल९कप्तान०, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा । वैकल्पिक खेलाडी स् प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।
प्रतिक्रिया