विश्व दृष्टि दिवस मनाइँदै

नेपालखोज २०८० असोज २५ गते ६:३७

काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा आज असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइदैछ । प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङका अनुसार ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नारासहित साताव्यापीरुपमा विभिन्न कार्यस्थलमा स्वास्थ्य टोली परिचालन गरी चेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेर विश्व दृष्टि दिवस मनाइन लागेको हो ।

नेपालमा ५० वर्षमाथिका २० प्रतिशत मानिसको दृष्टि कमजोर रहेको , दृष्टिविहीन गराउने प्रमुख कारक मोतीविन्दु बनेको, उक्त उमेर समूहका अधिक मानिस मोतिविन्दुबाट पीडितत हुने गरेका, आँखाको नानी र पर्दामा समस्या भएसँगै ज्योति कमजोर हुने जलविन्दु र मधुमेहबाट अन्धोपनको जोखिम बढ्ने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले ३९ वटा पालिकासँग अन्धोपन निवारण गर्न प्राविधिक सहयोगका साथ सहकार्य गरिरहेको छ ।

प्रतिक्रिया