विश्वकप छनोटमा आज लाओससँग खेल्दै नेपाल
नेपालखोज
२०८० असोज २५ गते ८:३५

काठमाडाैं । नेपालले आज साँझ लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्दैछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बताएका छन् ।
यो खेल आफ्ना लागि पनि अवसर भएको बताएका उनले भने- ‘यो मेरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको छु ।’
नेपाल र लाओसबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि यो पटक लामो तयारी गरेको बताए । लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए । चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो
सम्बन्धित
प्रतिक्रिया