शुक्रबार, वैशाख २१, २०८१

डिजाइनको प्रतिस्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’

नेपालखोज २०८० असोज २५ गते ८:४४

काठमाडाैं । आज दोस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पोे’ संचालनमा आउँदैछ । आयोजक आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अनुसार असोज २५ र २६ गते ललितपुरको लबिम मलमा दुई दिन चल्ने प्रदर्शनी एवं प्रतियोगीतामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० जना विद्यार्थीका इन्टरियर सम्बन्धि सिर्जना प्रतिस्पर्धामा राखिनेछ ।

प्रदर्शनिमा सहभागी ३० जना बिद्यार्थीले थेशिश प्रोजेक्टको रुपमा आफ्नो कला प्रदर्शनिमा प्रस्तुत गर्नेछन् भने अर्का थरि ३० जना विद्यार्थी कार्यक्रमको समापनसँगै दिक्षान्त समारोहमा सहभागी हुनेछन् । जहाँ उनीहरुलाई व्यवसायिक इन्टेरियर डिजाइनरको पदवी प्रदान गरिनेछ ।

बाँकी विद्यार्थीले क्याफे डिजाइन थिममा रेस्टुरेन्ट र क्याफेहरु कसरी आकर्षक डिजाइन गर्न सकिन्छ भनेर प्रस्तुत गर्ने आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले जानकारी दिइन् ।

प्रदर्शनिमा सहभागी इन्टेरियर डिजाइन अध्ययन गरेका र प्रदर्शनिमा सहभागी थेशिश प्रोजेक्ट र क्याफे डिजाइन थिममा आफ्नो सिर्जनाहरु पस्किनेलाई ३, ३ जना सहभागीलाई प्रथम, दोस्रो र तेस्रो छनौट गरेर नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन बिगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धि अध्ययन गराउदै आएको कलेज हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उदेश्यले यो कार्यक्रम गर्दै आएको हो ।

फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौंको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ ।

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यायन संस्थाका रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यायन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्सो’ आदि कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया