आइतबार, जेठ ६, २०८१

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

नेपालखोज २०८० असोज २५ गते १२:३६

भक्तपुर । सूर्यबिनायक नगरपालिका–८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१० घर भएका ३५ वर्षीय माला तामाङसमेत ६ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया