शनिबार, जेठ ५, २०८१

२० अंकले घट्दा एक अर्ब ७० करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज २५ गते १५:४५

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन पाँच दशमलव १६ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने २० दशमलव १६ अंकले घटेर १८ सय ७४ दशमलव ६० अं कमा झरेको छ ।

यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९५ अंकले घटेर तीन सय ५९ दशमलव १३ अं कमा झरेको छ ।

नेप्सेमा आज दुई सय ९२ वटा कम्पनीहरूको ६२ हजार ४६ पटकको कारोबारमा ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ७० करोड एक लाख २९ हजार आठ सय १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य तीन अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ९७ अंकले घटेर ११ सय ८३ दशमलव २८ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४५ दशमलव १६ अंकले घटेर तीन हजार पाँच सय ९९ दशमलव २९ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २३ दशमलव ५३ अंकले घटेर १६ सय ४१ दशमलव ९७ अंकमा झरेकोमा जलबिद्युत समुहको सुुचक पनि ३२ दशमलव २९ अंकले घटेर १९ सय ९४ दशमलव ४० अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव ३६ अंकले घटेर नौं हजार नौं सय ११ दशमलव ९७ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४९ दशमलव ७६ अंकले घटेर नौं हजार सात सय दुई दशमलव ८६ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ५१ दशमलव ६७, शुन्य दशमलव ४२, ३३ दशमलव ३०, २७ दशमलव ५२, नौं दशमलव ४४ र १३ दशमलव ९६ अंकले घटेका छन् ।

नेप्सेमा आज भगवती हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय ९७ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा सिटी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव शुन्य नौं प्रतिशतले घटेर पाँच सय ८५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी लक्ष्मी सनराईज बैंक संस्थापकतर्फ भने प्रतिकित्ता एक सय रुपैंयाँ अन्तिम मुल्यमा १६ करोड ३८ लाख ४८ हजार चार सय रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया