आइतबार, वैशाख ३०, २०८१

कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीद्वारा राजीनामा

नेपालखोज २०८० असोज २५ गते २०:३२

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उपनेता पदबाट राजीनामा दिएका छन् । उनले संसदीय दलका नेता उद्धव थापालाई सम्बोधन गर्दै बिहीबारको मिति उल्लेख गरेर राजीनामा दिएका हुन् ।

उनले दलको विधान बमोजिम नेताले आफूलाई उपनेता चयन गरेर जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै विविध कारणले उक्त जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्न असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

कार्कीले बिहीबारकै मितिदेखि लागू हुने गरी उपनेता पदबाट राजीनामा दिएर प्रदेशसभा सदस्यको हैसियतमा मात्रै रहेर भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि राजीनामा पत्रमा लेखेका छन् ।

प्रतिक्रिया