शुक्रबार, असोज २५, २०८१

अस्ट्रेलियाकाे लगातार दोस्रो हार

नेपालखोज २०८० असोज २६ गते ६:२१

काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो हार बेहोरेको छ । अस्ट्रेलियाले बिहीबार भएको खेलमा दक्षिण अफ्रिकासँग १३४ रनको फराकिलो हार बेहोरेको हो ।

भारतको लखनउस्थित एकाना क्रिकेट रंगशालामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३१२ रनको लक्ष्य पछ्याउने क्रममा ४०.५ ओभरमा १७७ रनमै समेटियो । 

अष्ट्रेलिया ओपनर डेविड वार्नर र मिचेल मार्शले सुरुवात देखीनै संघर्ष गरेका थिए । तीव्र गतिका बलर मार्को यानसनको बलमा ठूलो सट खेल्ने धुनमा मार्श टेम्बा बभुमाबाट ७ रनमा क्याच आउट भए । लुन्गी एनगिडीको बलमा वार्नर कट खेल्ने धुनमा १३ रनमा क्याच आउट भए ।

त्यसअघि लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाको जितमा ओपनर डि ककले १ सय ६ बलमा ८ चौका र ५ छक्कासहित १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए ।

प्रतिक्रिया