बिहीबार, वैशाख २०, २०८१

सिटिजन्स बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

नेपालखोज २०८० असोज २६ गते २१:२७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा सम्पन्न भएको छ । यस अवसरमा आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ । त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार छ सय ५३ रुपैंयाँ बराबरकोे नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारण सभाबाट प्रवल जङ्ग पाण्डे, सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्यमा निर्वाचित भएका छन् । सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए ।

साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।

प्रतिक्रिया