शुक्रबार, असोज ४, २०८१

रोल्यान्ड–गार्रोस र ओपोद्वारा २०२२ र २०२३ टुर्नामेन्ट्सको पार्टनरसिप निरन्तरताको घोषणा

नेपालखोज २०७९ जेठ ९ गते २०:४०

काठमाडौं । ‘नवप्रवर्तनको हाम्रो चाहनाका साझेदार, विश्वासिलो पार्टनर, ओपोसँगको यो सम्झौता नवीकरण गर्न पाउँदा एफएफटी निकै हर्षित छ । अन्तर्राष्ट्रिय ब्रान्डसँगको यो साझेदारीले रोल्यान्ड गार्रोसको प्रभाव विश्वव्यापी स्तरमा पु¥याउने रणनीतिलाई थप बल मिलेको छ,’ एफएफटीका अध्यक्ष गिलिस मोरेटनले घोषणा गरे ।

‘प्यारिसियन ग्रान्ड स्ल्याम र ओपोबीचको यो सहकार्य नवप्रवर्तन तथा प्रविधिमाथि केन्द्रित छ । रोल्यान्ड–गार्रोस र ओपो दुवै प्रयोगकर्तालाई इस्टतम अनुभव उपलब्ध गराउन आफूलाई निरन्तर परिस्कृत गरिरहने समान मूल्य, मान्यता र लक्ष्य बोकेका छन् । ओपोले भर्खरै आफ्नो नयाँ ब्रान्ड प्रस्ताव, ‘इन्स्पिरेसन अहेड’ सार्वजनिक गरेको छ । यो प्रस्ताव रोल्यान्ड–गार्रोसको नयाँ सिग्नेचर, ‘मूभ दी लाइन्स विथ स्टाइल’ लाई प्रत्यक्ष रूपमा थप सार्थकता र बल प्रदान गर्ने देखिन्छ ।

‘इन्स्पिरेसन अहेडको अर्थ भविष्यका यात्रामा शान्तिका साथै आत्मविश्वासका साथ अघि बढ्नु हो । यसले हामीलाई बाधा अड्चनसँग दृढताका साथ साहसी भई लड्न र र स्थिरता तोड्न उत्प्रेरित गर्दछ । प्रतिस्पर्धाहरूमा सहभागिता ओपोका लागि हाम्रा पारस्पर उत्प्रेरणादायी भावना आदान प्रदान गर्न तथा आफ्ना प्राविधिक नवप्रवर्तनात्मक अनुभव हाम्रा विश्वव्यापी प्रयोगकर्ताहरू माझ पस्कनका लागि धेरै लाभदायक छ,’ ओपोको ग्लोबल मार्केटिङका अध्यक्ष, विलियम ल्यूले भने, ‘लगातार चौथौं वर्षका लागि प्रिमियम पार्टनरका रूपमा ओपो, आफ्ना पृथक इमेजिङ प्रविधिमार्पmत टेनिस कोर्टमा अवलोकन, दृष्य कैद गर्न र सहभागिता जनाउँदै नयाँ प्रेरणादायी कार्यहरू गर्न चाहन्छ ।’

सन् २०२२ टुर्नामेन्टको फ्रेमवर्क मातहत (१६ मे देखि ५ जुनसम्म) मा ओपोले स्टेडियम शो कोर्टको उत्साहजनक भिजिबिलिटीको सदुपयोग गर्दै ‘आरजी ह ओपो फोटो ग्यालरी’, विशेषतः ओपोको नयाँ फ्ल्यागसिप उपकरण ः फाइन्ड एक्स फाइभ प्रोमार्फत कैद गरिएका तस्बिरको डिजिटल प्रदर्शनी सार्वजनिक गर्नेछ । यसले फाइन्ड एक्सफाइभ प्रोको अद्वितीय इमेजिङ क्षमता उजागर गर्नेछ । यी तस्बिरहरू रोल्यान्ड गार्राेस प्रतिस्पर्धा प्रत्यक्ष अवलोकन गर्न स्टेडियममा आउने दर्शकले पनि प्रत्यक्ष हेर्न पाऊन् भन्ने सोचका साथ टुर्नामेन्ट स्थलमा पनि प्रदर्शित गरिनेछ ।

यो वर्ष पनि ओपोले ‘सट अफ दी डे’ अर्थात्, हरेक दिनको बेस्ट सट वा र्यालीको एक भिडियोका लागि सहकार्य गर्नेछ । यो भिडियो टुर्नामेन्टका विभिन्न डिजिटल प्ल्याटफर्महरूका माध्यमबाट पोस्ट गरिनेछ ।

प्रतिक्रिया