सोमबार, असोज २८, २०८१

एकदिवसीय विश्वकप क्रिकेट : भारत र पाकिस्तान भिड्दै

नेपालखोज २०८० असोज २७ गते ८:१३

काठमाडाैं । एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै छन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ । 

भारतका नियमित ओपनर शुभमन गिल आजको खेलमा फर्किने सम्भावना छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित शर्माले शुभमन गिल ९९ प्रतिशत छनोटका लागि उपलब्ध रहेको तर प्लेइङ–११ मा समावेश गर्ने निर्णय खेलअघि नै गरिने बताएका थिए ।

गिल डेंगुबाट पीडित थिए, जसका कारण उनलाई सोमबार ९ अक्टोबरमा चेन्नईको एक अस्पतालमा भर्ना गरिएको थियो। गिल अहिले यसबाट निको भइसकेका छन् ।  डेंगुका कारण शुभमनले अष्ट्रेलिया र अफगानिस्तानविरुद्ध भारतको खेल खेल्न पाएनन् ।

यदि शुभमन फिट छन् भने टीम इन्डियाले उनलाई इशान किशनको स्थानमा समावेश गर्न सक्छ । आज शार्दुल ठाकुरको स्थानमा मोहम्मद शामीले प्लेइङ–११ मा पनि स्थान पाउन सक्छन् ।

यी दुई खेलाडीबाहेक टोलीमा अन्य कुनै परिवर्तनको सम्भावना कम छ । विश्वकपमा भारतका लागि विराट कोहलीले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १४० रन छन् । बलरमध्ये जसप्रित बुमराहले ६ विकेट लिएका छन् ।

प्रतिक्रिया