नेपालसँग ३ एक दिवसीय र ३ टी-ट्वान्टी सिरिज खेल्न जिम्बावे आउने
काठमाडाैं । नेपाली क्रिकेट टिमले जिम्बावेको ए टिमसँग एक दिवसीय र टी-ट्वान्टी सिरिज खेल्ने भएको छ । क्यानका एक पदाधिकारीका अनुसार नेपाली टिमसँग तीन एक दिवसीय र तीन टी-ट्वान्टी सिरिज खेल्नका लागि जिम्बावे टिम नेपाल आउने भएको हो ।
अप्रिलमा हुने सो प्रतियोगिता अहिलेसम्मको तालिका अनुसार यो महिनाको अन्तिममा हुने सम्भावना छ । घरेलु मैदानमा पीएनजीलाई हराएर उपाधि जितेकी दिन जिम्बावे ए टिम आउने खबर बाहिर आएको हो । करिव दुई महिनापछि नेपाली टिमले अमेरीकामा लिग टू को सिरिज खेल्नेछ । जसमा नेपालसँग अमेरिका र ओमान हुनेछन् । त्यसको अर्को महिना नेपालले स्कटल्याण्डमा अर्को सिरिज खेल्नेछ ।
नेपालले जिम्बावे ए टिमसँग पहिलो पटक घरेलु मैदानमा खेल्ने भएको छ । अमेरिका र स्कटल्यान्डमा हुने सिरिज अगाडी टिमलाई अझ बलियो बनाउन यो सिरिजको आयोजना हुन लागेको हो । नेपाली मुख्य प्रशिक्षक पुबुदु दशानायकेको योजना अनुसार जिम्बावे ए टिमलाई क्यानले आमन्त्रित गरेको हो ।
नेपालले यसअघि युएईमा भएको लिग टु को सिरिजमा चार खेलमा दुई जित र दुई बराबरी खेलेको थियो । उसले यूएईसँग दुबै खेल हार्दा पीएनजीलाई दुबै खेलमा पराजित गरेको थियो । नेपालले लिग टू मा अहिलेसम्म १२ खेल खेल्दा ६ मा जित र ६ मा हारेको छ । अबको सिरिज अमेरिकामा हुनेछ । जसका लागि बिशेष तयारी गर्ने योजनामा नेपाली टिम हरेको छ ।
प्रतिक्रिया