शुक्रबार, जेठ ३, २०८२

युक्रेनले गर्याे रुसी जहाजमा आक्रमण

नेपालखोज २०८० असोज २७ गते १५:०४

किएभ । युक्रेनले प्रयोगात्मक समुद्री ड्रोनको सहायताले रुसी पानीजहाजमाथि आक्रमण गरेको छ ।

युक्रेनले प्रयोगात्मक सामुद्रिक ड्रोनले कृष्ण सागरमा दुई वटा रुसी जहाजमा आक्रमण गरेको युक्रेनीको सरकारी समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।

सेभास्टोपोल सहर नजिकै शुक्रबार ‘सी बेबी’ नाम दिइएको ड्रोनले रुसको बुयान मिसाइल जहाजमा प्रहार गरेको रिपोर्टमा उल्लेख गरेको छ । यसैगरी डेर्जाभिन गस्ती जहाजमा बुधबार प्रहार भएको जनाएको छ ।

युक्रेनी नौसेनाका प्रवत्ता दिमित्रो प्लेटेन्चुकले पाभेल डर्जाभिन जहाजमा शुक्रबार दोस्रो पटक आक्रमण गरेको बताएका छन् ।

प्रतिक्रिया