शुक्रबार, वैशाख २१, २०८१

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत नगद फिर्ता

नेपालखोज २०८० असोज २७ गते १८:३४

काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सामान खरिद गरीविकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई सय रुपैंयाँसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम दुई सय रुपैंयाँसम्म नगद फिर्ता पाउन सक्ने छन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ । हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया