आइतबार, जेठ ६, २०८१

इन्फिनिटी लघुवित्तका नवनियुक्त जोशीद्वारा सपथ ग्रहण

नेपालखोज २०७९ कार्तिक ६ गते १९:५०

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक महेश्वर प्रसाद जोशीले सपथ ग्रहण गरेका छन् । सञ्चालक समितिको असोज ७ गते बसेको ८५ औं बैठकले स्वतन्त्र सञ्चालकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (३) बमोजिम काठमाण्डौं महानगरपालिका साविक वडा नं. २४ हाल २२ बस्ने जोशीलाई नियुक्त गरेको थियो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक जोशीलाई संस्थाका अध्यक्ष बलराम विष्टले पद तथा गोपनीयताको सपथ गराएका हुन । यही कात्र्तिक पाँच गते शनिबार सम्पन्न भएको सपथ ग्रहण कार्यक्रममा संस्थाका अध्यक्ष, सञ्चालक, संस्थापकहरुबाट स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया