शनिबार, जेठ ४, २०८२

२०३६ को ओलम्पिक आयोजना गर्ने भारतको चाहना

नेपालखोज २०८० असोज २८ गते १७:३४

काठमाडौं । भारतले सन् २०२६ को ओलम्पिक गेम्स आयोजना गर्ने चाहना व्यक्त गरेको छ ।

भारतमा जारी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को १ सय ४१ औँ आईओसी सेसनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले सन् २०२३६ को ओलम्पिक गेम्स आयोजना गर्न चाहेको बताएका हुन् ।

मोदीले १ सय ४० करोड भारतीय जनताको चाहना तथा भारतले वर्षौदेखि ओलम्पिक आयोजना गर्ने उदेश्य राखेको बताए ।

भारतले सन् १९८३ पछि पहिलो पटक आईओसी सेसन आयोजना गरिरहेको छ ।

प्रतिक्रिया