दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने, एक व्यक्तिलाई कति पाउँछन् साट्न ?
नेपालखोज
२०८० असोज २९ गते ७:५४

काठमाडाैं । यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट आजदेखि साट्न पाउने भएका छन् । वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्न पाइनेछ ।
जसअनुसार नेपाल राष्ट्र बैंकले काठमाडाैं उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको हो ।
एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको छ । पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले उपलब्ध गराइने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया