घट्यो सुनको मूल्य
नेपालखोज
२०८० असोज २९ गते १२:०४

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया