काठमाडौँ उपत्यकाका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्र सुरु भएदेखि नै काठमाडौँ उपत्यकामा रहेका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवीलगायत विभिन्न मन्दिरमा रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।
राष्ट्रप्रमुखले विभिन्न शक्ति पीठको दर्शन गर्ने क्रममा पहिलो पुग्ने शक्तिपीठ नक्साल भगवती मन्दिरमा पनि रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।
बिहान दर्शनार्थीको बाक्लो उपस्थिति हुने मन्दिरमा साँझ बत्ती बलेपछि झनै उपस्थिति बढ्ने गरेको नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठले राससलाई जानकारी दिए ।
हिजो आज दसैंको समय भएकाले साँझको समयमा त झन मन्दिर साच्चिकै सुन्दर देखिएको प्रशान्त रजकले जानकारी दिए ।
यो मन्दिरको स्थापना लिच्छविकालमा भएको किम्बदन्ती रहेको छ । उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्ति राखिएका छन् । यी तीनवटी देवीलाई दिदीबहिनी मान्ने चलन रहेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया