शनिबार, जेठ ४, २०८२

आईसीसी विश्वकप क्रिकेट : अस्टेलियाकाे पहिलो जित

नेपालखोज २०८० असोज ३० गते ५:४८

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेटमा अस्टेलियाले पहिलो जित निकालेको छ । भारतमा जारी विश्वकपमा लगातार दुई खेलमा पराजित भएको अस्टेलियाले आज पहिलो जितको रुपमा श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

श्रीलंकाको भने लगातार तेस्रो हार हो । श्रीलंकाले दिएको २१० रनको सामान्य लक्ष्य अस्टेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

पहिला ब्याटिङ गरेको श्रीलंकाले ४३.३ ओभरमा सवै विकेट गुमाएर २०९ रन बनाए । श्रीलंकाका कुशल परेराले ७८ रनको पारि खेल्दा पथुम निसनकाले ६१ रन बनाएर आउट भए ।

प्रतिक्रिया