अर्को २० वर्षमा तारा हेर्न पाइने छैन

नेपालखोज २०८० असोज ३० गते ६:२८

के राति खुला आकाश हेर्ने गर्नु भएको छ ? के तपाईंलाई थाहा छ आकाशमा कति र के कस्तो परिवर्तन हुँदैछ ? वैज्ञानिकहरूले एउटा ठूलो कुरा भनेका छन् । आगामी २० वर्षमा आकाशमा ताराहरू देखिने छैनन् । वैज्ञानिकहरूले प्रकाश प्रदूषण बढ्दै गएको र रातको आकाशको चमक वार्षिक १० प्रतिशतले बढिरहेको बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार विश्वका ७५ प्रतिशत भन्दा बढी जनसंख्याले आकाशगंगा देख्न सक्दैनन् । सांघाई, अमेरिका र युरोपका ९९ प्रतिशत मानिस प्रकाश प्रदूषित आकाशमुनि बस्छन् ।

२५० तारा देखिने क्षेत्रमा १८ वर्षपछि १०० तारा मात्रै देखिने जर्मन वैज्ञानिकले बताएका छन् । मोबाइल, ल्यापटप, एलईडी डिस्प्ले, कारको हेडलाइट र उज्यालो होर्डिङका कारण प्रकाश प्रदूषण भइरहेको बताइन्छ ।

प्रकाश प्रदुषणका कारण कीरा, जिवजन्तु तथा चराचुरुङ्गीहरुलाई पनि असर गर्छ जसका कारण उनीहरुको जीवनचक्र अवरुद्ध हुन्छ ।

प्रतिक्रिया