वास्तु ज्ञान : यो दिशा सफा र खाली राख्नुहोस्

कतिपय अवस्थामा प्रसस्त मेहनत गरेर पनि परिश्रमको फल पाइदैन भने आजको जमानामा आम्दानी डेढ रुपैयाँ र खर्च एक रुपैयाँको स्थिति छ जसका कारण खर्च धान्न गाह्रो भएको छ । यसमा हाम्रो मेहनत मात्र होइन घरको वास्तु दोष पनि जिम्मेवार हुन सक्छ। अशुभ वास्तु दोषका कारण घरमा नकारात्मक ऊर्जा, काममा अवरोध, परिवारका सदस्यहरूबीच मनमुटाव र रोग, धनसम्बन्धि समस्या आदि सृजना हुन्छ ।
यसबाट धेरै प्रकारका बाधा पनि सामना गर्नुपर्छ। यस्ता समस्याबाट छुटकारा पाउन वास्तुशास्त्रमा केही उपायहरु बताइएका छन् । यी उपाय अपनाउँदा आर्थिक लाभ तथा जीवनमा उन्नति, सुख, समृद्धि एवं वैभव प्राप्त हुन्छ । घरको मध्य भागलाई ब्रह्मस्थान भनिन्छ। यो स्थान उत्तर(पूर्व दिशा जस्तै सफा र खाली हुनुपर्छ ।
जानकारीको कमीका कारण धेरैजसोले सोफा, टेबल आदि भारी वस्तुहरू यहि ठाउँमा राख्छन्, जुन सही होइन । यो स्थानलाई सफा र खाली राख्नाले घरमा ऐश्वर्य र समृद्धि बढ्छ भने परिवारका सदस्यहरूबीच आपसी प्रेम कायम रहन्छ। यसका साथै सुस्वास्थ्य पनि प्राप्त हुन्छ ।
माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह / सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया