खाद्यले खसीबोका र च्यांग्रा आजदेखि बिक्री गर्दै
नेपालखोज
२०८० असोज ३० गते ७:२८

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका निम्ति खरिद गरेका केही खसीबोका आजदेखि बिक्री सुरु गर्दै छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीबाट बिक्री गरिने खसी, बोका र च्याङ्गाको मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मूल्य तोकेको छ ।
सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैँयाका दरले बिक्रि वितरण गरिनेछ ।
सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिने छ । जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्रि सुरु हुनेछ ।
छुटसहित खसी प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैँयामा खरिद गरेर सर्बसाधारणले घर लैजान सक्ने छन् ।
सम्बन्धित

प्रतिक्रिया