एनआरएनए अधिवेशन आजदेखि, अध्यक्षमा ४ जनाको उम्मेदवारी
नेपालखोज
२०८० असोज ३० गते ९:३६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
मंगलबार बिहान काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले ९ बजेपछि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
नयाँ नेतृत्वको लागि चार जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय राजेन्द्र कुमार (आरके) र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
आजदेखि हुने सम्मेलन ३ कत्तिकसम्म चल्नेछ । नयाँ नेतृत्व चयनको लागि २ कात्तिकमा २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । एनआरएनएले यो पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया