शुक्रबार, वैशाख २१, २०८१

बनेपा महोत्सवमा साङ्गीतिक आकर्षण

नेपालखोज २०८० कार्तिक १ गते १५:३०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मुख्य सहर बनेपामा १६ दिने व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण सञ्चालन भइरहेको छ ।

महान चाड दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा गत असोज १९ गतेदेखि बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा आयोजित उक्त मेला–महोत्सव सङ्गीतमय बन्दै गएको छ ।

यही कात्तिक ४ गते शनिबारसम्म सञ्चालन हुने महोत्सवमा विशेषगरी चर्चित गायकगायिकाद्वारा विभिन्न प्रकारका गीत–सङ्गीतको प्रस्तुतिले साङ्गीतिक रौनकता थपिँदो छ । दैनिक अपराह्नदेखि गीत–सङ्गीतको प्रस्तुतिमा दर्शक एवं अवलोकनकर्ताको भीडभाड हुने गर्दछ ।

अन्य समय भने फाटफुट मात्रै मेला अवलोकनकर्ता देखिने गरेका छन् । चर्चित कलाकारको प्रस्तुतिमा दैनिक करिब दुई हजारसम्म दर्शक गीत–सङ्गीतमा रमाइरहेका देखिन्छन् ।

दैनिक गीत–सङ्गीतको प्रस्तुतिको कार्यक्रमअन्तर्गत् चिर्चित गायकगायिका राजनराज शिवाकोटी र सहिमा श्रेष्ठ, चर्चित लोकदोहोरी गायकगायिका पशुपति शर्मा, प्रतिमा अर्याल, गायक दुर्गेश थापा, रमेश प्रसाईं र कल्पना दाहाल, एलिना चौहान र रचना रिमालले दर्शकलाई मनोरञ्जन दिएका थिए ।

प्रतिक्रिया