बिहीबार, वैशाख २०, २०८१

नेबिकोको पिनट बटर कुकिज बजारमा, उपभोक्ताको मन जित्ने कम्पनिको विश्वास

नेपालखोज २०८० कार्तिक २ गते १५:२०

काठमाडौं । नेबिकोको पिनट बटर कुकिज बजारमा आएको छ । ब्राण्ड नेबिकोले बिजया दशमीको अवसर पारेर फेरी अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको हो।

नेबिकोले हालै मात्र बजारमा ल्याएको ब्राण्ड हो, पिनट बटर कुकिज जसको मुल्य ५० रुपैयाँ तोकिएको छ र तौल १२० ग्राम छ । यसमा प्राकृतिक बदाम र बदामको तेलको राम्रो समिश्रण रहेको छ । यो समिश्रण उपभोक्ताको स्वास्थको लागि चाहिने एउटा अत्यावश्यक खाध्य भिटामिन र लावक्ष्यको समिश्रण हो ।

आकर्षक प्यकेजीङ्गमा तयार गरिएको सो ब्राण्ड केहि नौलो स्वादमा हुनेछ । विस्तारै यसले आफ्नो बजार बनाउने। उपभोक्ताको मन फेरि पनि जित्नेछ भन्नेमा कम्पनि विश्वास्त रहेको छ।

प्रतिक्रिया