एनआरएनएको अध्यक्षमा डा. बद्री केसी निर्वाचित

नेपालखोज २०८० कार्तिक ३ गते ५:५६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दे केसी निर्वाचित भएका हुन् ।

केसीले एक हजार ३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरके (कतार)ले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठ (जापान)ले एक हजार २२५ मत र रविना थापा (अमेरिका)ले ४७  मत पाए । महासचिवमा गौरीराज जोसी (अमेरिका) निर्वाचित भएका छन् ।

प्रतिक्रिया