शनिबार, जेठ ५, २०८१

राजा त्रिभुवनको समयको पाँच पैसै सिक्का

सुनील उलक २०८० कार्तिक ३ गते ९:००

वि. सं. १९७६ सालमा राजा त्रिभुवनको शासनकालमा निष्काशित पहिलो पाँच पैसादेखि लिएर राजा विरेन्द्रको शासनकालमा वि. सं. २०४७ सालसम्म निष्काशित अन्तिम पाँच पैसाको सिक्कामा अब केही सालका सिक्का मात्र संकलनमा नपुग छ ।

राजा त्रिभुवनको शासनकालको शुरुमा १ पैसा, चौथाइ मोहर, आधा मोहर, मोहर तथा डबल मोहर निष्काशित हुन्थे । १९७१ मा चार मोहर पनि निष्काशित भएको थियो । दुई पैसे तथा पाँच पैसे सिक्का १९७६ बाट मात्र निष्काशन भएको थियो ।

दश पैसे सिक्का भने २०१० पछि मात्र निष्काशन हुन थालेको थियो । मेरो संग्रहमा पाँच पैसे सिक्कामा राजा त्रिभुवनको केही सिक्का मात्र संग्रह गर्न बाकि छन् । वि. सं. १९९०, १९९९ तथा २००१ देखि २००८ मा भने पाँच पैसाका कुनै सिक्का निष्काशन भएको थिएन ।

प्रतिक्रिया