शनिबार, जेठ ४, २०८२

बिच भलिबल : त्रिभुवन आर्मी क्बल र लिटिल बुद्ध उपाधीका लागि भिड्दै

नेपालखोज २०८० कार्तिक ३ गते १२:३२

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका छन् ।

भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित महाकाली नदीमा भइरहेको खुला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुने आयोजक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । खुलातर्फ कूल २३ टिम सहभागी थिए । भने भेट्रानतर्फ ११ टिमको सहभागिता रहेको थियो ।

त्यसैगरी भेट्रानतर्फ सशस्त्र प्रहरी बलको एपिएफ र बेलौली नगरपालिकाको टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । भेट्रानमा उपाधि विजेता टिमले २५ हजार नगदसहित ट्रफी र मेटल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया