उत्तरी म्यानमारमा गाडी पल्टिँदा कम्तीमा छ जनाको मृत्यु
नेपालखोज
२०८० कार्तिक ३ गते २१:१२

म्यानमार । म्यानमारको उत्तरी राज्य काचिनमा गाडी पल्टिँदा कम्तिमा छ जनाको मृत्यु हुनुको साथै अन्य २० भन्दाबढी घाइते भएका छन् ।
स्थानीय उद्धार संस्थाले शुक्रबार जनाएअनुसार काचिन राज्यको वाइङ्माव शहरमा बिहीबार १० पाङ्ग्रे सवारीसाधन उकालो उक्लने क्रममा पछाडि पल्टिँदा दुर्घटना भएको हो ।
‘तीनजनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो,’ ला प्या वुन उद्धार सङ्गठनका एक उद्धार अधिकारीले सिन्ह्वालाई जनाकारी दिएका छन् ।
दुर्घटनास्थल दुर्गम र अस्पतालबाट निकै टाढा छ । मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन् । मृतक र घाइते दुवैलाई काचिन राज्यको वाइङ्माव र मित्किना अस्पतालमा लगिएको छ । उक्त गाडीमा ३५ जना सवार रहेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया