यस्ताे रहन्छ दसैँमा माैसम

नेपालखोज २०८० कार्तिक ४ गते ७:१४

काठमाडौं । यो वर्षको दसैँमा देशका केही भू–भागमा वर्षा हुने भएको छ । केही क्षेत्रमा मौसम सफा हुने पूर्वानुमान छ । 

अष्टमी (५ गते), नवमी (६ गते) र दशमी (७ गते) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

यी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । 

प्रतिक्रिया