हनुमानढोकास्थित दसैँघरमा भित्र्याइयो फूलपाती
नेपालखोज
२०८० कार्तिक ४ गते १९:०४

काठमाडौं । हनुमानढोकास्थित दसैँघरमा फूलपाती भित्र्याइएको छ । शनिबार नेपालीहरुको महान चाड बडादसैँअन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमानढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको हो ।
गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिबार अपराह्न दसैँघरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।
सम्बन्धित

प्रतिक्रिया