वास्तु ज्ञान : कहाँ हुनुपर्छ बाथरुम ?

नेपालखोज २०८० कार्तिक ५ गते ५:५७

कतिपय अवस्थामा प्रसस्त मेहनत गरेर पनि परिश्रमको फल पाइदैन भने आजको जमानामा आम्दानी डेढ रुपैयाँ र खर्च एक रुपैयाँको स्थिति छ जसका कारण खर्च धान्न गाह्रो भएको छ ।

यसमा हाम्रो मेहनत मात्र होइन घरको वास्तु दोष पनि जिम्मेवार हुन सक्छ । अशुभ वास्तु दोषका कारण घरमा नकारात्मक ऊर्जा, काममा अवरोध, परिवारका सदस्यहरूबीच मनमुटाव र रोग, धनसम्बन्धि समस्या आदि सृजना हुन्छ ।

यसबाट धेरै प्रकारका बाधा पनि सामना गर्नुपर्छ। यस्ता समस्याबाट छुटकारा पाउन वास्तुशास्त्रमा केही उपायहरु बताइएका छन् । यी उपाय अपनाउँदा आर्थिक लाभ तथा जीवनमा उन्नति, सुख, समृद्धि एवं वैभव प्राप्त हुन्छ ।

घरको बाथरूम सधैं उत्तर/पूर्व वा उत्तर(पश्चिम दिशामा हुनुपर्छ । बाथरुम वा शौचालयको ढोका काठको हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । यदि तपाईं चाहनुहुन्छ भने यसमा एल्युमिनियम पाता जडान गर्न सकिन्छ तर ढोकामा धातु प्रयोग गर्नुहुँदैन ।

बाथरूमको ढोकामा कुनै पनि शोपीस वा धार्मिक चीजहरू राख्नुहुँदैन । बाथरुममा पानीको बहाव उत्तर, पूर्व वा उत्तर/पूर्व दिशामा हुनुपर्छ । यो पनि ध्यानमा राख्नुपर्छ कि बाथरुम वा शौचालयलाई कहिल्यै गिलो रहन नदिनुहोस् । बाथरुममा खैरो, क्रीम, सेतो वा हल्का हरियो रंग प्रयोग गर्नसकिन्छ ।

माथि उल्लेखित जानकारी प्रामाणिक वा वैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह/सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया