शनिबार, जेठ ४, २०८२

आईसीसी विश्वकप क्रिकेट : न्युजिल्याण्ड र भारत भिड्दै

नेपालखोज २०८० कार्तिक ५ गते ९:१३

काठमाडाै् । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटमा आज घरेलु टोली भारतले न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । दुवै टिम जारी प्रतियोगितामा उत्कृष्ट लयमा छन् भने शीर्ष दुई स्थानमा न्यूजिल्याण्ड र भारत नै रहेकाले आजको खेल निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । सुरुवाती चार खेलमा अपराजित न्युजिल्याण्ड र भारतको समान ८–८ अंक छ ।

भारतले विश्वकप क्रिकेटमा न्यूजिल्याण्डलाई २० वर्षदेखि हराउन सकेको छैन । २०१९ मा, टीम इन्डियालाई विश्वकप जित्ने बलियो दावेदार मानिएको थियो  तर सेमिफाइनलमा न्युजिल्यान्डसँग १८ रनले पराजित भएपछि टोली बाहिरिएको थियो।

दुई टोलीबीच हालसम्म कुल ११६ ओडीआई खेलिएको छ । भारतले ५८ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ ।

एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डको अग्रता छ । प्रतियोगितामा यी दुईबीच ९ खेल भएका थिए । ५ मा न्युजिल्यान्डले जित्यो भने ३ मा भारतले जित्यो ।

प्रतिक्रिया