एसीसी यू-१९ प्रिमियर कप : उपाधिका लागि यूएईसँग भिड्दै नेपाल

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा यूएईसँग खेल्ने भएको छ । नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।
यूएईले उपाधि जित्ने लक्ष्यका साथ सिनियर टोलीका तीन खेलाडीलाई टोलीमा समेटेको थियो । त्यसैको कारण त्रिकोणात्मक सिरिज आयन खानले खेलेका छैनन् । युएईको टोलीबाट खेलि सकेका आयन खानसँगै ओपनर अर्यांश शर्मा र मध्यक्रमका ब्याटर एथान डि सोल्झा यूएईको यू-१९ टोलीमा छन् ।
नेपालले युएईलाई ७ रनलेले हराउँदै विश्वकपमा स्थान बनाएकोे थियो । युएईलाई जितको लागि १६ बलमा ८ रन चाहिँदा दीपेश कँडेलले लगातार तीन विकेट लिदै नेपाललाई विश्वकपमा पुर्याएका थिए । दीपेशले जारी प्रतियोगितामा ४ खेलमा १८ विकेट लिएका छन् । दीपेशले साउदी र बहराइनविरुद्ध ६–६ विकेट लिएका थिए । जापान र इरानविरुद्ध ३–३ विकेट लिएका थिए ।

प्रतिक्रिया