वास्तु ज्ञान : घरमा पेन्टिङ राख्ने उपयुक्त दिशा

नेपालखोज २०८० कार्तिक ६ गते ७:३४

कतिपय अवस्थामा प्रसस्त मेहनत गरेर पनि परिश्रमको फल पाइदैन भने आजको जमानामा आम्दानी डेढ रुपैयाँ र खर्च एक रुपैयाँको स्थिति छ जसका कारण खर्च धान्न गाह्रो भएको छ । यसमा हाम्रो मेहनत मात्र होइन घरको वास्तु दोष पनि जिम्मेवार हुन सक्छ । अशुभ वास्तु दोषका कारण घरमा नकारात्मक ऊर्जा, काममा अवरोध, परिवारका सदस्यहरूबीच मनमुटाव र रोग, धनसम्बन्धि समस्या आदि सृजना हुन्छ ।

यसबाट धेरै प्रकारका बाधा पनि सामना गर्नुपर्छ। यस्ता समस्याबाट छुटकारा पाउन वास्तुशास्त्रमा केही उपायहरु बताइएका छन् । यी उपाय अपनाउँदा आर्थिक लाभ तथा जीवनमा उन्नति, सुख, समृद्धि एवं वैभव प्राप्त हुन्छ ।

पेन्टिङले घरमा नयाँ रंग र सकारात्मक ऊर्जा ल्याउँछ। वास्तुशास्त्र अनुसार सही दिशामा राखिएको चित्रले धन र कीर्तिलाइ आकर्षित गर्छ ।

यसका लागि आफ्नो बैठक कोठाको पूर्वी भित्तामा सात घोडा दौडिरहेको चित्र राख्नु उपयुक्त हुन्छ । यसबाहेक बेडरूम र बैठक कोठामा हरियालीसँग सम्बन्धित चित्रहरू राख्न सकिन्छ। यस्ता चित्रहरूले समृद्धि र नयाँ अवसरहरू आकर्षित गर्न मद्दत गर्छन्।

माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह /सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया