वास्तु ज्ञान : कुन दिशामा हुनुपर्छ भान्सा ?

कतिपय अवस्थामा प्रसस्त मेहनत गरेर पनि परिश्रमको फल पाइदैन भने आजको जमानामा आम्दानी डेढ रुपैयाँ र खर्च एक रुपैयाँको स्थिति छ जसका कारण खर्च धान्न गाह्रो भएको छ ।
यसमा हाम्रो मेहनत मात्र होइन घरको वास्तु दोष पनि जिम्मेवार हुन सक्छ। अशुभ वास्तु दोषका कारण घरमा नकारात्मक ऊर्जा, काममा अवरोध, परिवारका सदस्यहरूबीच मनमुटाव र रोग, धनसम्बन्धि समस्या आदि सृजना हुन्छ ।
यसबाट धेरै प्रकारका बाधा पनि सामना गर्नुपर्छ। यस्ता समस्याबाट छुटकारा पाउन वास्तुशास्त्रमा केही उपायहरु बताइएका छन् । यी उपाय अपनाउँदा आर्थिक लाभ तथा जीवनमा उन्नति, सुख, समृद्धि एवं वैभव प्राप्त हुन्छ ।
घरमा अग्नि, आकाश, वायु, पृथ्वी र जलका तत्वहरू बीच सन्तुलन हुनुपर्छ। तसर्थ आगोसँग सम्बन्धित चीजहरू जस्तै भान्साकोठा सधैं दक्षिण/पूर्व दिशाको मध्य स्थानमा अर्थात् दक्षिण पूर्व कुनामा हुनुपर्छ ।
यसका साथै खाना पकाउँदा मुख पूर्व दिशामा रहनुपर्छ । यो ठाउँका लागि सुन्तला, रातो, गुलाबी आदि रंग प्रयोग गर्नुपर्छ। यो ठाउँ पूर्ण रूपमा व्यवस्थित छ भनेर पनि सुनिश्चित हुनुपर्छ । यती गर्नाले धनको वृद्धि हुनुका साथै समस्याबाट मुक्ति मिल्छ।
माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह /सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया