शनिबार, वैशाख २२, २०८१

अठारौं शताव्दीको नागपासा खेल

सुनील उलक २०८० कार्तिक ७ गते १७:५७

हामी बाल्यकालमा साँप र सिढी खेल्दथ्यौं र अचेल पनि कतिपयले खेल्ने गर्दछन् । खेल खेल्दा सिँढीमा चढ्दथ्यौ र सर्पको मुखमा परेपछि तल खस्दथ्यौं ।

खेल रमाइलो लाग्दथ्यो । तर यो तस्बिर अठारौ शताव्दीको खेलको हो । यस खेलको नाम ‘नागपासा’ यस खेलमा नागले टोके मात्र झर्छ तर सिढी भने छैन ।

यसर्थ भारतबाट यहाँ प्रबेश भएको साँप र सिँढीपछि बनाइएको होला । सिँढी राखेर अर्को रमाइलो थप गरिएको होला भन्ने अनुमान गर्न सक्छौ ।

यो खेलमा शुरूवात पहिलो कोठामा उत्पतीबाट भएको छ भने त्यसपछि माया, .., लोभ, भवलोक, मोह, मद, आश्चर्य, काम इत्यादी हुँदै ७२ औं कोठामा तमोगुणसम्म राखिएको छ । यसबीच तमोगुण, अहंकार, कुबुद्धि, रोष, कुसंगत, अकर्धा, तामस आदीमा सर्पले टोक्ने देखाइएको छ ।

प्रतिक्रिया