पुरुषमा प्रोस्टेट क्यान्सर

क्यान्सर विश्वव्यापी रूपमा मृत्युका लागि प्रमुख जोखिम कारकहरू मध्ये एक हो, जसले सबै उमेरका मानिसलाई असर गर्छ। पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा सामान्य समस्या हो भने, प्रोस्टेट क्यान्सरका घटना पुरुषमा सबैभन्दा बढी रेकर्ड गरिएका छन्। पछिल्लो दशकमा भारतीय पुरुषहरूमा प्रोस्टेट क्यान्सरको जोखिम तीव्र गतिमा बढेको स्वास्थ्य विज्ञहरूले बताएका छन्।
जीवनशैली र खानपानमा गडबडीले यो क्यान्सरको जोखिम बढाउन सक्छ। प्रोस्टेट क्यान्सर प्रोस्टेटमा हुने क्यान्सर हो । यो ओख्खरको आकारको सानो ग्रन्थी जसले वीर्य उत्पादन गर्छ। धेरै प्रोस्टेट क्यान्सर बिस्तारै बढ्छन्। समयमै क्यान्सरको पहिचान हुन नसक्दा धेरैजसो अवस्थामा यसले गम्भीर रुप लिने खतरा देखिन्छ ।
यसको लक्षण पहिचान र समयमै निदान धेरै महत्त्वपूर्ण मानिन्छ। हाम्रो जीवनशैलीको कुन बानीले प्रोस्टेट क्यान्सरको जोखिम बढाउन सक्छ? जो प्रोस्टेट क्यान्सरको उच्च जोखिममा छन् केही सामान्य जोखिम कारकहरूले प्रोस्टेट क्यान्सरको जोखिम बढाउन सक्छ, यसमा उमेर र पारिवारिक इतिहास मुख्य हुन्।
शोधकर्ताहरूका अनुसार मोटा व्यक्तिहरूलाई अन्य मानिसको तुलनामा यो क्यान्सरको विकासको जोखिम उच्च हुन सक्छ। यी जोखिम कारकहरूमा ध्यान दिन र तिनलाई बेवास्ता नगर्नु धेरै नै महत्त्वपूर्ण मानिन्छ। आहार विकारको समस्या पोषणयुक्त खानेकुराले तपाईलाई शारीरिक तन्दुरुस्त राख्न मद्दत गर्छ। यदि तपाईंले पर्याप्त मात्रामा पोषक तत्वहरू उपभोग गरिरहनुभएको छैन भने यसको कारणले क्यान्सर हुने खतरा रहन्छ। धेरै प्रकारका एन्टिकार्सिनोजेनिक पदार्थहरूले तपाईंलाई यसको जोखिमबाट जोगाउन मद्दत गर्न सक्छन ।
आफ्नो आहारमा एन्टिअक्सिडेन्ट खानेकुराहरू समावेश गरेर क्यान्सरको जोखिम कम गर्न सकिन्छ। लामो समय एउटै आसनमा बस्नु खतरनाक यदि तपाई पनि लामो समयसम्म बसेर काम गर्नुहुन्छ भने यसको कारणले प्रोस्टेट सम्बन्धी समस्याको जोखिम बढ्न सक्छ । लामो समयसम्म बस्दा प्रोस्टेटको ग्रन्थीमा दबाब आउनुका साथै पेल्भिक क्षेत्रमा दुखाइ र असुविधा हुन सक्छ। यसबाहेक, व्यायामको कमीका कारण प्रोस्टेट सम्बन्धी समस्याको जोखिममा पर्न सकिन्छ।
यस प्रकारको क्यान्सरबाट बच्न दिनचर्यामा नियमित व्यायामलाई समाबेश गर्नु आवश्यक छ । धुम्रपान र रक्सी हानिकारक अमेरिकन क्यान्सर सोसाइटीका विज्ञहरूले धुम्रपान र मदिराको अत्याधिक सेवनले पनि प्रोस्टेट क्यान्सरको जोखिम बढाउने बताएका छन् । अध्ययनले देखाएको छ कि अत्यधिक मात्रामा मदिरा पिउनाले हाम्रो उमेर बढ्दै जाँदा प्रोस्टेट क्यान्सरको खतरा थप बढ्न सक्छ। मदिरा बाहेक, धुम्रपानले पनि क्यान्सर कोशिकाहरू बढाउन सक्छ। यस्ता जोखिमबाट बच्न जरुरी छ ।

प्रतिक्रिया